सुनको मूल्य घट्यो
काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।
आज चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३ ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

