Harsamaya
सुनको मूल्य घट्यो
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने  चाँदीको मोल भने २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३०० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ मा  खरिदबिक्री भएको थियो  ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update