Harsamaya
आमाछोरा मिलेर वडा सचिवमाथि खुकुरी प्रहार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिन्धुपाल्चोक - जग्गा विवादमा छलफलका लागि गएका वडा सचिवलाई आमाछोरा मिलेर खुकुरी प्रहार गरेका छन् । शुक्रबार साँझ खुकुरीले टाउकोमा चोट लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ का वडासचिव क्षेत्रविक्रम सिलवाल घाइते भएका छन् ।

जुगल गाउँपालिका १, त‍ोरीबारीका सञ्चलाल तामाङकी श्रीमती लालमाया तामाङ (बर्ष ५२) र छोरा दावा लामा(बर्ष २७) ले वडासचिव सिलवाललाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

घाइते सिलवालको अवस्था सामान्य छ । उनको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि चौतारा अस्पताल लगिएको छ । 

प्रहरीले घटनामा प्रयोग भएको हतियार सहित दुवैजनालाइ पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update