Harsamaya
धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला
धनुषाको औरही गाउँपालिका वडा नं.६ मा एक जना पुरुषको शव फेला ।

जनकपुर - धनुषाको औरही गाउँपालिका वडा नं.६ मा एक जना पुरुषको शव फेला परेको छ । पुरुषको हात पछाडि बाँधिएको र धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन् । दिउँसो ४ः३० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । अहिले धनुषा प्रहरीको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ । थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update