कांग्रेसको नयाँ कार्यसमितिको पार्टी कार्यालयमा पदबहाली,केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै
काठमाडौं- विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ कार्यसमितिले आज पदबहाली गर्ने भएको छ । गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले आज केन्द्रीय कार्यालय, सानेपामा पदबहाली गर्ने भएको हो ।
दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको छ।नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् ।
यसैगरी, कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२ ०८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

