आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
काठमाडौं- संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् ।
दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ।
यस्तै, दिनको १ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१९ औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ ०८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

