कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौं- नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्ने भन्दै विज्ञप्ति जारी गरेपश्चात् कांग्रेसभित्र राजनीतिक सङ्कट चुलिएको छ । भोलीको बैठकमा यीनै विषय र महाधिवेशन केन्द्रित छलफल तथा कार्य तालिका संशोधन सम्मको विषय रहने बुझिएको छ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ २१:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

