Harsamaya
गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय नागरिक विमानस्थलबाटै पक्राउ

काठमाडौं -  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागू औषध सहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका अनुसार  गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्राम लागू औषध सहित ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौं आएका सिंहलाई जाँच गर्ने क्रममा उनको लगेजबाट लागू औषध फेला परेपछि पक्राउ गरेको हो । सोही लागू औषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update