Harsamaya
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवा तास खेलिरहेको अवस्थामा उप्रेती समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार २ सय ५० रुपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update