Harsamaya
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक।

काठमाडौं - संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक आज बस्दै छन् ।

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा प्रत्यायोजित विधायन र कानून समाजसँग समितिको सहकार्य सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

छलफलका लागि पूर्व उपसभामुख तथा नेपाल कानून समाजकी अध्यक्ष पुष्पा भुसाल र नेपाल कानून समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक कार्ययोजनामाथि छलफल र पारित, लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवं अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update