Harsamaya
हर समय
हर समय
तीजमा नाजिर हुसेन नाचे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग
तीजमा नाजिर हुसेन नाचे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग ब्लु डायमण्ड सोसाइटीले तीज मनाउने सामाजिक बहिष्कारविरुद्ध आवाज उठाउँदै विविधता र समावेशीपनको सन्देश दिन खोजेको थियो । सोसाइटीकी सल्लाहकार पिंकी गुरुङले तीजजस्ता सांस्कृतिक चाडपर्वहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सहभागी हुन अझै पनि समाजले सहज वातावरण नदिएको गुनासो गरिन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति  न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति न्यौपानेले लिइन् शपथ राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति
सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति प्रतिनिधिसभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो । तर, सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि भएको दफावार भएको छलफलमा सहसचिव खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति जुटेको समितिकी सभापति तुलसा कुमारी दाहालले बताइन् ।
आफूलाई मूलधार ठान्नेहरू आज पनि जनयुद्धलाई आतङ्ककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड
आफूलाई मूलधार ठान्नेहरू आज पनि जनयुद्धलाई आतङ्ककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार मङ्गलवार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ...
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल सचिव दाहालले प्रस्तुत गरेका प्रतिवेदको खाका माथि आफ्नो धारणा राख्दै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले परिच्छेद ४ मा रहेको समितिको कार्यविधि अन्तर्गत ४. ३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनमा त्यसको उपलब्धि पनि थप्नुपर्ने सुझाव दिइन् ।
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट मुख्यमन्त्री कार्कीले इजरायलमा भएको आधुनिक कृषि प्रविधि र नवप्रवर्तनका अनुभवलाई नेपालमा उपयोगी बनाउन सकिने उल्लेख गर्दै कोशी प्रदेश पनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, २ लाख जरिवाना भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएको गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ ।
ऊर्जा मन्त्री र तीन सचिवबिच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको निर्देशन
ऊर्जा मन्त्री र तीन सचिवबिच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको निर्देशन सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए। कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यस पटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । 
रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार
रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।
उखु किसानहरूको आन्दोलन आज पनि जारी, अनुदान खर्च कटौती गुर्न खेदपूर्ण
उखु किसानहरूको आन्दोलन आज पनि जारी, अनुदान खर्च कटौती गुर्न खेदपूर्ण उनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउनको लागि किसानहरुले भूमिका खेली रहेको बेला, सरकारलाई अर्बौँ रुपैयाँ दिएको अवस्थामा किसानहरूलाई थप सुविधा दिनुपर्ने ठाउँमा उत्पादन मूल्यमा नै कटौती गरेको भन्दै यसमा किसानहरू असन्तुष्ट रहेको बताए ।
आज गणेश चतुर्थी : कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरूको भिड
आज गणेश चतुर्थी : कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरूको भिड सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ ।
Weather Update