आर्मीविरूद्ध थ्री स्टारले हान्यो १० गोल
बुधबार, पुस २४, २०८१
थ्री स्टार क्लबले सानादार १० गोल हानेर जित हासिल गरेको छ । एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारले सानदार १०-० को जित हासिल गरेको हो ।
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
बुधबार, पुस २४, २०८१
विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् । जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवाक्लब गठन गर्ने अभियान सञ्चालन गरेको हो ।
प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न
बुधबार, पुस २४, २०८१
जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो।
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बुधबार, पुस २४, २०८१
वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो
बुधबार, पुस २४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो ।
केनेल क्लबको आयोजनामा 'बाइरो ब्रिड च्याम्पियनसिप डग शो' हुने
बुधबार, पुस २४, २०८१
नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो च्याम्पियनसीप डग शो’आयोजना गर्ने भएको छ। क्लबका सचिव बिबेश श्रेष्ठले आउँदो माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा उक्त शोको आयोजना हुने बताएका छन् । यो पहलले उच्च...
८ जनवरी १९५१: नेपालको इतिहासमा महत्वपूर्ण दिन
बुधबार, पुस २४, २०८१
८ जनवरी १९५१ मा नेपाल सरकारद्वारा राजा त्रिभुवनलाई संवैधानिक राजा स्वरूप पुनः सिंहासनमा पुनर्स्थापना गर्ने घोषणा गरियो। साथै, प्रधानमन्त्री मोहन शमशेरको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिने निर्णय गरिएको थियो।
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
बुधबार, पुस २४, २०८१
लहान नगरपालिकाले यस वर्ष पनि वृहत्त निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा
बुधबार, पुस २४, २०८१
पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदै छ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनामाथि समीक्षा: संसद समितिको बैठक आज
बुधबार, पुस २४, २०८१
संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ ।
सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी
बुधबार, पुस २४, २०८१
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।
मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु...
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
बुधबार, पुस २४, २०८१
मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।
भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
बुधबार, पुस २४, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४५ पैसा र...
साताको लोकप्रिय

