Harsamaya
जेनजी र  राष्ट्रपति पौडेलबीचको बैठक सर्यो 
असन्तुष्ट जेनजी ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरु छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरुले असन्तुष्टि जनाएका छन् । 

शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरुले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए । 

जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update