Harsamaya
ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित 
अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो । 

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी  भोलि बैठक निरन्तर रहने छ । गौतमका अनुसार बैठक आइतबार बस्ने छ। बैठक शुक्रबार पनि भुक्तपुर गु्ण्डुस्थित ओली निवासमा बसेको थियो।

शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ई्श्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए। 


 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update