रुपन्देहीमा करिब २३ लाख बराबारको अवैध सामान बरामद
सोमबार, कात्तिक २४, २०८२
प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।
मधेश प्रदेश प्रमुख भण्डारीले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पारेको मनिष झाको टिप्पणी
सोमबार, कात्तिक २४, २०८२
यस्ता घृणित कार्यले राजनीतिक स्विकार्यता हुन नसक्ने उनले बताए ।
एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन
सोमबार, कात्तिक २४, २०८२
यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।
सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा
सोमबार, कात्तिक २४, २०८२
गत वर्ष उखुको मूल्य तोक्दै नतोकिएको अवस्थामा मिल सञ्चालन गरिएको थियो । त्यसपछि पनि किसानहरूले बारम्बार माग गर्दा समेत रकम नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
सोमबार, कात्तिक २४, २०८२
पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु
सोमबार, कात्तिक २४, २०८२
मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुङ्गाहरूमा राखिएको पाइएको छ । प्रत्येक डुङ्गामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ ।
गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै
सोमबार, कात्तिक २४, २०८२
काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित
सोमबार, कात्तिक २४, २०८२
अतिरिक्त समयकै तीन मिनेटमा लियोनका डिफेन्डर निकोलस टयाग्लियाफीको लगातार दोस्रो पहेँलो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए । त्यसपछिको दुई मिनेटमै खेल रोमाञ्चक ढंगले पिएसजीको पक्षमा पुग्यो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त
सोमबार, कात्तिक २४, २०८२
हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
सोमबार, कात्तिक २४, २०८२
टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट (सोमबार) सम्म चल्नेछ ।
पटेर्वा सुगौलिद्वारा पाँच पालिकाका बासिन्दालाई मोतिविन्दुको निःशुल्क उपचार
सोमबार, कात्तिक २४, २०८२
सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा अस्पताल काठमाडौँले पर्साको सखुवा प्रसौनी गाउँपालिका, जगर्नाथपुर गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेका थिए ।
आजको मौसम: यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
सोमबार, कात्तिक २४, २०८२
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सोमबार, कात्तिक २४, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।

-1762747716.jpg)