रसुवा बाढीपीडितका लागि यूवाईएन मेलम्चीको ४६ हजार बढी सहयोग
मेलम्ची - रसुवा बाढीपीडितको सहयोगार्थ युनिफाइड युथ नेटवर्क (यूवाईएन) मेलम्ची–९ को नेतृत्वमा सञ्चालित राहत अभियानबाट ४६ हजार ४१७ रुपैयाँ ३४ पैसा संकलन भएको छ।
देश तथा विदेशमा रहेका नेपालीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको यूवाईएनले जनाएको छ।
विपद्को समयमा अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै यूवाईएनले आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यूवाईएनले रकम कोषमा जम्मा गरिएको कारोबार विवरणको प्रमाणसमेत सार्वजनिक गरेको छ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३ २१:२५
प्रतिक्रिया दिनुहोस्

