काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पारेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै झाले भन्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सासंदलाई नयाँ मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरेको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘स्वास्थ समस्या छ उपचारको लागि काठमाडौं जाँदैछु भनेर जनकपुरबाट राति अबेर हिडेकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सासंदलाई नया मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्।’
यस्ता घृणित कार्यले राजनीतिक स्विकार्यता हुन नसक्ने उनले बताए ।

