Harsamaya
हर समय
हर समय
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३-००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो ।
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए।
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए।
कारागार तोडफोड गरी फरार पाँच जना प्रतिवादी पक्राउ
कारागार तोडफोड गरी फरार पाँच जना प्रतिवादी पक्राउ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो।पक्राउ परेका प्रतिवादीलाई लगत कट्टा प्रयोजनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा कैद भुक्तान गर्नुपर्ने कैदीलाई जिल्ला कारागारमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
उखु काटेर चिनी उद्योगमा पुर्‍याउन उखु किसानलाई धपेडी
उखु काटेर चिनी उद्योगमा पुर्‍याउन उखु किसानलाई धपेडी भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने,'समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ।' 
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा विपिनकुमार झाद्वारा प्रस्तुत विवरण अनुसार नसर्ने रोगका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिले सर्नेभन्दा बढी नसर्ने रोगका बिरामी बढ्दै गएका उनले बताए ।
डा शेखर कोइरालाको चट्टानी अडानले सबैको कारबाही फुकुवा
डा शेखर कोइरालाको चट्टानी अडानले सबैको कारबाही फुकुवा सोही अडान अनुसार शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति 'बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने' निर्णय...
निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी
निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी थिए ।
सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ कांग्रेस पनि तयार छ एमाले पनि तयार छ - शेरबहादुर देउवा
सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ कांग्रेस पनि तयार छ एमाले पनि तयार छ - शेरबहादुर देउवा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् - निर्वाचन जसरी पनि सफल पारौँ
तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् - निर्वाचन जसरी पनि सफल पारौँ प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरे । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिए । 
चिया निर्यात कार्यविधिविरुद्ध चिया उद्योगी चिन्तित : हजारौँ किसान र मजदुर जोखिममा [भिडियोसहित]
चिया निर्यात कार्यविधिविरुद्ध चिया उद्योगी चिन्तित : हजारौँ किसान र मजदुर जोखिममा [भिडियोसहित] ‘चिया मात्र होइन, समग्र कृषि क्षेत्रमा रिसर्च, मेकानाइजेसन र किसान–उद्योगीलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ,’ उनले जोड दिए ।
Weather Update