Harsamaya
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
फाइल तस्वीरः हर समय/harsamaya

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । 

पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । 

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।

'वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो,' उनले भने। महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update