Harsamaya
डा शेखर कोइरालाको चट्टानी अडानले सबैको कारबाही फुकुवा
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ तथा प्रभावशाली एक मात्र नेता डा शेखर कोइरालाको चट्टानी अडानका कारण कांग्रेस बलियो र एकताको सूत्रमा आबद्ध भएको छ।

नेता कोइरालाले पटक-पटक उठाउँदै आएको मुद्दाको दबाबले कांग्रेसको शिर्ष नेतृत्व झुक्न बाध्य भएको छ। कोइरालाले पटक-पटक पार्टीलाई एकताबद्ध बनाउन आवाज उठाउँदै आएका थिए। कोइरालाले विगत देखिनै पार्टीले विभिन्न नाममा कारबाही गरेका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्नुपर्ने भन्दै आएका थिए ।

सोही अडान अनुसार शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति 'बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने' निर्णय गरेको छ।

नेता कोइरालाले विगत देखिनै माफी दिएर सदस्यता दिन माग गर्दै आएका थिए। 'यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ,' केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयमा लेखिएको छ।

यस्तै आजको बैठकले पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान पनि गरेको छ। 'विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ,' निर्णयमा लेखिएको छ। 

 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update