रसुवामा १२ जनाको पाठेघरमा समस्या
आइतबार, माघ १३, २०८१
स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’ परीक्षणबाट १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए ।

डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
आइतबार, माघ १३, २०८१
त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

अध्यादेशको पक्षमा बोल्न कांग्रेस सांसदहरूलाई विज्ञहरूले दिए प्रशिक्षण
आइतबार, माघ १३, २०८१
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरूबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

एन्फा यु–१६ युथ लिग: चर्च ब्वाइजसँग पुलिस पराजित
आइतबार, माघ १३, २०८१
चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक एक गोल गरे । पुलिसका लागि रोहन पोखरेलले सान्त्वना गोल गरे ।

इजरायली आक्रमणबाट लेबनानमा ११ जनाको मृत्यु
आइतबार, माघ १३, २०८१
आइतवार लेबनानी क्षेत्रहरूबाट इजरायलको फिर्ताको लागि ६० दिनको समयसीमा समाप्त भएको छ ।

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको जोखिम
आइतबार, माघ १३, २०८१
नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरूको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी
आइतबार, माघ १३, २०८१
सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत जानकारी सीमित राख्न, अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट वा मेसेज स्वीकार गर्नुअघि राम्रोसँग जाँच गर्न र सरकारी जानकारी सार्वजनिक गर्नबाट जोगिन भनिएको छ । सरकारी इमेल ठेगाना सामाजिक सञ्जालमा पोस्ट नगर्न र सामाजिक सञ्जाल खातामा मल्टिफ्याक्टर प्रमाणीकरण लागू गर्न सुझाव दिइएको छ ।

गणतन्त्र आएपनि जनताले त्यसको महसुस गर्न सकेनन् - विप्लव
आइतबार, माघ १३, २०८१
नयाँ पुस्तालाई साथमा लिएर नेपालमा नै बसेर आफैं ताकतमा राष्ट्र निर्माण गर्ने योजना रहेको उनले बताए । विप्लवले पार्टीले कृषिमा क्रान्ति गर्दै अहिले नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या नहुने अवस्था बनाएको उल्लेख गरे ।

मेची हाइवे र तमोर करिडोरमा यातायात बन्द आव्हान (विज्ञप्तिसहित)
आइतबार, माघ १३, २०८१
मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द आव्हान गरिएको छ । फुङलिङ नगरपालिका- ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १५ बाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् ।

सेयर बजार १०.४१ अंकले घट्यो
आइतबार, माघ १३, २०८१
सबैभन्दा बढी वित्त समूह चार दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ८९, होटल तथा पर्यटन शून्य दशमलव २७, लगानी शून्य दशमलव ५०, जीवन बिमा शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन एक दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव ६७ र व्यापार समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको...

विश्व कुष्ठरोग दिवसः कुष्ठरोगमुक्त हुँदै नेपाल
आइतबार, माघ १३, २०८१
नेपालले कुष्ठरोगविरुद्धको लडाईंमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्यांकले देखाएको छ । कुष्ठारोगका बिरामी बर्सेनि घट्दै गएपछि मुलुक कुष्ठरोगमुक्ततर्फ नजिक पुगेको छ ।

धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
आइतबार, माघ १३, २०८१
प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।

सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य
आइतबार, माघ १३, २०८१
नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।
साताको लोकप्रिय