पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ तोकिएको छ ।

सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज
बुधबार, माघ २, २०८१
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ ।

पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग
बुधबार, माघ २, २०८१
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे भन्सार एजेन्ट प्रतिनिधि संघसँग छलफल भएको थियो । उक्त छलफलका क्रममा २०७९ जेठ १५ गतेभन्दा अघि काम गरिरहेकालाई पुनः काममा फर्काउने व्यवस्था विधेयकमा समेट्न सुझाव आएको हो ।

अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु
बुधबार, माघ २, २०८१
घरबाट दुई किलोमिटर दूरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्र सिंह धामीले बताए।

राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त
बुधबार, माघ २, २०८१
यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई रास्वपाले कारबाही गर्ने
बुधबार, माघ २, २०८१
पार्टी सभापति रवि लामिछाने विरुद्धको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथि हातपात भए पछि रास्वपाले सो घटनामा संलग्न पार्टीका सदस्य भेटिएमा कारबाही गर्ने जनाएको छ ।

राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश
बुधबार, माघ २, २०८१
तर, आज नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत जनाएको छ ।

ओली सरकारले ल्याएको अध्यादेशमा के के छ ?
बुधबार, माघ २, २०८१
बिना दर्ता संचालन गरिएका उद्योग बन्द गर्ने प्रावधान हटाई जरिवाना लिई उद्योग दर्ता गराएर संचालनमा ल्याउन सकिने व्यवस्था गरिएको छ । कोष व्यवस्थापन -फन्ड म्यानेजमेन्ट_ र सम्पत्ति व्यवस्थापन (आसेट म्यानेजमेन्ट) लाई पनि सेवा उद्योगको वर्गमा थप गरिएको छ ।

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
बुधबार, माघ २, २०८१
कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
साताको लोकप्रिय