नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड, महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
शनिबार, माघ ५, २०८१
यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।

कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा आक्रमण
शनिबार, माघ ५, २०८१
कोशीका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।

कोशी प्रदेशका लागि ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छु: मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)
शनिबार, माघ ५, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की हाल तेस्रो पटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुई पटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन्।

नेपालको पुरूष टोली पनि खो खो विश्वकपको फाइनल प्रवेश, इतिहास रच्दै नेपाली खेलाडी
शनिबार, माघ ५, २०८१
नेपालको पुरूष टोली खो खो विश्वकपको फाइनल प्रवेश गरेको छ । भारतमा जारी खो खो विश्वकप नेपाली पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको हो ।

नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश
शनिबार, माघ ५, २०८१
नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाली टोलीले फाइनल यात्रा तय गरेको हो ।

भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’
शनिबार, माघ ५, २०८१
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।

हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया, जन्माइन् दुई छोरी
शनिबार, माघ ५, २०८१
सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आएकामा स्रोत साधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा हेमविक्रम शाहीले बताए ।

इरानमा सर्वोच्च अदालतको दुई न्यायाधीशको गोली हानी हत्या गरेपछि आक्रमणकारीले गरे आत्महत्या
शनिबार, माघ ५, २०८१
न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् । उनको उपचार भइरहेको छ।

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश
शनिबार, माघ ५, २०८१
साझेदारीको उद्देश्य जेमिनीलाई एपीबाट लाइभ अपडेटहरू प्रदान गर्ने, खोज परिणामहरूको शुद्धता बढाउने हो । गुगलले यी अपडेटहरू चाँडै जेमिनीमा एकीकृत हुने पुष्टि गर्यो । यद्यपि बोटले हाल वास्तविक–समय समाचार अद्यावधिकहरूको अनुपलब्धतालाई संकेत गर्ने सन्देश प्रदर्शन गर्दछ ।

रेशम र सीताको मौलिक गीत ‘ढल्यो लाँकुरी’ सार्वजनिक
शनिबार, माघ ५, २०८१
रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चेबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गरेका हुन् ।

एउटा स्कूल जहाँ दिवा खाजाका लागि विद्यालयको कौसीमा फलाइन्छ तरकारी
शनिबार, माघ ५, २०८१
तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो ।

भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर, सोमबार सजाय सुनाइने
शनिबार, माघ ५, २०८१
घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरूले ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।

लोडसेडिङ मुक्त गर्ने कुलमानलाई निकाल्न सरकार लाग्यो - प्रचण्ड
शनिबार, माघ ५, २०८१
‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकता बद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं,’ उनले भने, ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाईंहरूसमक्ष आएका छौं, तपाईंहरूलाई पनि...
साताको लोकप्रिय