Harsamaya
शेखर कोइरालाले भने- कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिन्छ
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरंङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. शेखर कोइराला मतदाताहरूसँग ।

विराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरंङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन् ।

कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए ।

कोइरालाले धर्म सस्कृति संस्कार र सभ्यता माथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए । उनले धर्म र सस्कृति माथीको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उनको भनाई थियो । 

नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाको घर–दैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृती, परम्पराको महत्त्व रहेको बताए ।

उमेदवार कोइरालाले धर्म संस्कृती संरक्षण कै लागि अहिलेको निर्वाचन अति महत्वपूर्ण भएको बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update