Harsamaya
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ८० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण ।

काठमाडौं - अफगानिस्तानका नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

जियो न्यूजका अनुसार पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियास्वरूप पाकिस्तानले सीमापार आक्रमण गरेको हो। पाकिस्तानी अधिकारीहरूले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान र इस्लामिक स्टेट–खोरासन प्रान्तसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरिएको बताएका छन्।

यस घटनाले पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय बढ्दो तनावलाई थप चर्काएको जनाइएको छ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update