रास्वपा मकवानपुरका अध्यक्ष भरत पराजुली कांग्रेस प्रवेश
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मकवानपुरका जिल्ला अध्यक्ष भरत पराजुली नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उनलाई पार्टी प्रवेश गराएका हुन् । सर्लाहीको मलगंवास्थित सुजता होटलमा पार्टी प्रवेश कार्यक्रम भएको थियो।
पराजुली मकवानपुरबाट पार्टी प्रवेशका निम्ति सभापति बस्दै आएको मलगंवाको सुजता होटलमा आएका थिए ।
हाल सभापति मलगंवास्थित होटलमा बसेर निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

