वीरगञ्जमा पनि कर्फ्यू
जनकपुरधाम - जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका हुन् ।
पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ । कर्फ्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

