बस दुर्घटनामा ७ जना घाइते
दाङ - दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।
दाङ घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

