Harsamaya
३२ सयले बढ्यो सुन, तोलाको कति पुग्यो ?
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update