Harsamaya
हर समय
हर समय
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर जसनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
निर्णय, अवसर र सावधानीको सन्तुलन : आजको राशिफलले के संकेत गर्छ ?
निर्णय, अवसर र सावधानीको सन्तुलन : आजको राशिफलले के संकेत गर्छ ? आज २०८२ चैत्र २१ गते शनिबार । आजको दिन ग्रह-नक्षत्रको प्रभावले जीवनका विभिन्न क्षेत्र, काम, सम्बन्ध, स्वास्थ्य र आर्थिक गतिविधिमा मिश्रित तर सम्भावनायुक्त संकेत देखाएको छ । केही राशिका लागि नयाँ अवसरको ढोका खुल्ने देखिएको छ भने केहीलाई निर्णय गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ ।
चैत २०: एमालेद्वारा बालेन सरकारलाई बधाई दिने देखि कामपाले रात्रिकालीन बससेवा सञ्चालन गर्ने सम्म
चैत २०: एमालेद्वारा बालेन सरकारलाई बधाई दिने देखि कामपाले रात्रिकालीन बससेवा सञ्चालन गर्ने सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी बनाउन निर्देशन
‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी बनाउन निर्देशन बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतीले बोर्डसँग आबद्ध बिमा संस्था र बोर्डको कल्याणकारी कोषसँग आबद्ध ‘क’ वर्गका बैंकलाई श्रमाधान कल सेन्टरलाई आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य व्यवस्था मिलाउन आज विज्ञप्तिमार्फत निर्देशन दिए ।
एमाले सचिवालय बैठकः बालेन सरकारलाई बधाई दिनेदेखि यी हुन् निर्णयहरु 
एमाले सचिवालय बैठकः बालेन सरकारलाई बधाई दिनेदेखि यी हुन् निर्णयहरु  भट्टका अनुसार बैठकले एमालेका नेता, कार्यकर्ता र विशेष गरी महिला दिदीबहिनीहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको घोर निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै‚ वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै एमालेले त्यसको कडा विरोध गरेको छ...
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौं महानगरपालिका 
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौं महानगरपालिका  यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । सेवा प्रारम्भ गर्दा साँझ ८ः०० बजेदेखि राति ११ः०० बजेसम्म बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् ।  
मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल
मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्ने पुँजी परिचालनको अवधारणासमेत समेट्ने गरी तयार गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।
श्रीमतीलाई प्रतिवादी बनाएर तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रीमतीलाई प्रतिवादी बनाएर तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर आयोगले मालपोत कार्यालयका तत्कालीन खरिदार तेजनाथ पौडेल, स्थानीय मनमाया नेपाली र सुबोध नेपालीलाई प्रतिवादी कायम गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूविरुद्ध १९ लाख ९० हजार ५७५ रुपैयाँ बिगो कायम गरिएको छ ।
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन् । क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक...
हाइसको ठक्करबाट बालकको मृत्यु
हाइसको ठक्करबाट बालकको मृत्यु दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो । भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए । 
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त ‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामको अनुसन्धानमुलक पुस्तककी लेखक समेत रहेकी दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारितासम्बन्धी अवार्डहरुबाट सम्मानित  भएकी छिन् ।
Weather Update