बालगायक सचिन परियारको दुःखद निधन
बिहीबार, पुस १८, २०८१
चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।
१५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।

प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्योः मेयर शाह
बिहीबार, पुस १८, २०८१
काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरेका छन् ।
‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख...

"लाज शरणम" को तीन पोस्टर सार्वजनिक, महाशिवरात्रीमा दर्शकहरुलाई हसाउने तयारी!
बुधबार, पुस १७, २०८१
आगामी फागुन महिनाको १४ गते महाशिवरात्रीको अवसरमा नेपाली फिल्म ‘लाज शरणम’ प्रदर्शन हुन सक्ने पुष्टि भएको छ। फिल्मको तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसले यसका दर्शकहरुलाई अझ बढी आकर्षित गर्नेछ। पोस्टरहरू निर्माण टिमले फेसबुकमार्फत सार्वजनिक गरेका छन्, जसमा फिल्मका मुख्य कलाकारहरूको आकर्षक उपस्थिति देखाइएको छ।
फिल्मको निर्देशन कुमार कट्टेल...

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा
बुधबार, पुस १७, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे ।

बाँकेमा कुष्ठरोगको उच्च जोखिम, नयाँ कुष्ठरोगीको संख्या ८४ पुग्यो
बुधबार, पुस १७, २०८१
एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।
जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी छन् ।
साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले...

'पर्सामा असुरक्षित गर्भपतन बृद्धि'
बुधबार, पुस १७, २०८१
जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थकर्मीले बताएका छन् ।
नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती सहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई...

मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
बुधबार, पुस १७, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन्।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव...
नेपालयको २० वर्षे उपलक्ष्यमा '२०२५ मा २५ का २५' कार्यक्रम घोषणा
बुधबार, पुस १७, २०८१
‘पल्पसा क्याफे’ उपन्यासमार्फत प्रकाशन फाँटमा उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । नयाँवर्ष २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै प्रकाशन गृहले ‘२०२५ मा २५ का २५’ कार्यक्रम घोषणा गरेको छ ।
जसअनुसार, २५ वर्षभन्दा कम उमेरका नेपाली तन्नेरीको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने जनाइएको छ । जसमा कथा,...

प्रतिनिधिसभाका सचिवमा हर्कराज राई, पदभार सम्हाल्दै सपथ
बुधबार, पुस १७, २०८१
प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । सभामुख देवराज घिमिरेसमक्ष उनले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख...

नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, पुस १७, २०८१
नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा....

तरकारी र फलफूलको मूल्य निर्धारण: कति पर्छ प्रतिकिलो?
बुधबार, पुस १७, २०८१
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु...

अन्नपूर्ण क्षेत्रको पर्यटनमा नयाँ कीर्तिमान: २०२४ मा सबैभन्दा बढी पर्यटक आगमन
बुधबार, पुस १७, २०८१
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार उक्त...

सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
बुधबार, पुस १७, २०८१
सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो।
साताको लोकप्रिय