Harsamaya
 २३९६ जना पक्राउ परेकाबाट ५० करोड ८२ लाख जरिवाना असुल, ५०९ वर्ष कैद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल प्रहरीले चैत महिनामा २ हजार ३९६ जना पक्राउ गरेको छ । शुक्रबार नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै फरार प्रतिवादी पक्राउ गरेको हो । काठमाडौंमा ५०४ जना पक्राउ गरेको छ ।   

त्यसैगरी कोशी प्रदेशमा ४७४ जना, मधेश प्रदेशमा ३७९, बागमती प्रदेशमा ३७८ र गण्डकी प्रदेशमा १५८ जना पक्राउ परेका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा ३०३, कर्णाली प्रदेशमा ५५ र सुदूरपश्चिम प्रदेशमा १३३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ।  केन्द्रीय अनुसन्धान ब्यूरोले १२ जना पक्राउ गरेको जनाएको छ।

प्रहरीले ती प्रतिवादीहरूबाट ठूलो परिमाणमा जरिवाना पनि असुल गरेको छ। प्रहरीले कुल ५० करोड ८२ लाख ८२ हजार ३६० रुपैयाँ  जरिवाना असुलेको छ । त्यस्तै उनीहरूलाई ९०९ वर्ष १ महिना २५ दिन कैद तोकेको छ । 

यस्तै, पक्राउ परेकामध्ये केहीलाई लामो समयदेखि फरार रहेका मुद्दामा कैद सजायसमेत कार्यान्वयन गरिएको छ। कुल कैद अवधि ५०९ वर्ष १ महिना २५ दिन बराबर रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई थप तीव्र बनाउँदै लैजाने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update