Harsamaya
 ऐन बहादुर महर एमाले प्रमुख सचेतकमा मनोनयन
 ऐन बहादुर महर ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले  ऐन बहादुर महरलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ।

पार्टीको संघीय संसदीय दलको कार्यालय, सिंहदरबारबाट जारी पत्रअनुसार सांसद ऐन बहादुर महरलाई प्रमुख सचेतक पदमा मनोनयन गरिएको हो। उक्त निर्णय २०८३ वैशाख ११ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।

राम बहादुर थापा मगर नेतृत्वको संसदीय दलले विधान, २०७७ बमोजिम महरलाई उक्त जिम्मेवारी दिएको जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update