Harsamaya
हर समय
हर समय
रुसद्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक
रुसद्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक रूसी आक्रमणको प्रतिवाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रूसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नगढुंगा–मुग्लीन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न [भिडियो]
नगढुंगा–मुग्लीन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न [भिडियो] बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्ध स्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपि, अझैं यसका केही कामहरू बाँकी रहेपनि...
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४० निर्धारण गरिएको छ। 
मान्छेहरू मेरो जुत्ता मात्रै देख्छन्, जुत्ता लगाउन फटाएका चुँडाएका चप्पलहरू देख्दैनन् : रंगकर्मी किरण नेपाली (भिडियोसहित)
मान्छेहरू मेरो जुत्ता मात्रै देख्छन्, जुत्ता लगाउन फटाएका चुँडाएका चप्पलहरू देख्दैनन् : रंगकर्मी किरण नेपाली (भिडियोसहित) अहिले गरिरहेको नाटक (द मिसिङ डग) का निर्देशकसँगको संगत पहिला देखि नै हो । म मण्डलाको पनि विद्यार्थी हुँ । जब म क्लास लिन आए त्यो बेला देखि नै हामी एक अर्कामा नजिक छौं ।  
भरतपुरको सिमल तालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको  मिनी ट्रक
भरतपुरको सिमल तालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको  मिनी ट्रक नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो
विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषि मन्त्री अधिकारी
विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषि मन्त्री अधिकारी दुई दिन सम्म चलेको एसिया र अफ्रिकाका कृषि सँग सम्बन्धित मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका  कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एसिया र अफ्रिकी देशहरू बिच  अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए ।
लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह
लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार  खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो ।
नेपालको श्रीलंकाविरुद्ध सानदार जित
नेपालको श्रीलंकाविरुद्ध सानदार जित नेपालको जितमा मीना देउवाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे ।
एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल
एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् । पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानुनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रूपमा काम गर्ने सहमति
मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रूपमा काम गर्ने सहमति संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधन स्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गरिने गरी काम अगाडी बढाइनेछ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ ।  बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । 
Weather Update