आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

