Harsamaya
हर समय
हर समय
सुनको मूल्य स्थिर, चाँदीमा तोलामा १० रुपैयाँ वृद्धि
सुनको मूल्य स्थिर, चाँदीमा तोलामा १० रुपैयाँ वृद्धि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो । 
भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो : सांसद नेपाली
भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो : सांसद नेपाली प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरूलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधिक गिरोहसँग सरकारको कुनै साँठगाँठ त छैन भन्दै आशंका व्यक्त गरे । 
रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् । 
करेन्ट लागेर १० खच्चर मरे
करेन्ट लागेर १० खच्चर मरे उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्दछ । उनले विद्युत प्राधिकरणसँग खच्चरहरूको क्षतिपूर्तिको माग गरेका छन् । छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चारवटा, वडा नं. १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् ।
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, असारभित्रै निर्माण सक्ने आशा
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, असारभित्रै निर्माण सक्ने आशा निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री चौधरीले मौसम प्रतिकूल हुँदा पनि ठेकेदारले उल्लेखनीय रूपमा काम अघि बढाएको उल्लेख गरे । ‘काम तुफान गतिमा भइरहेको छ । मौसमले साथ दियो भने असारभित्रै रंगशाला सम्पन्न हुने हाम्रो आशा छ,’उनले भने ।
दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा 
दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा  घटनापछि गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थपा, स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थि
मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन
मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार हालको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ । 
पोखरा महानगरको १७औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक [भिडियो]
पोखरा महानगरको १७औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक [भिडियो] महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, दिगो पर्यटन विकास, स्मार्ट सहरको अवधारणा लगायत विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । नगरप्रमुख आचार्यले आगामी वर्षलाई कार्यान्वयनमुखी र नतिजामूलक वर्ष बनाउने प्रतिबद्धता जनाएका छन् ।
क्लब विश्वकप : पाचुकामाथि रियल मड्रिडको जित
क्लब विश्वकप : पाचुकामाथि रियल मड्रिडको जित जितसँगै समूह ‘एच’ मा रहेको रियल मड्रिडले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। पाचुका भने लगातार दुई खेल हार्दै अंकविहीन बनेको छ ।
भारतमा थप २२ नेपालीको उद्धार, पाँच सय युवा बन्धक बनाइएको आशंका
भारतमा थप २२ नेपालीको उद्धार, पाँच सय युवा बन्धक बनाइएको आशंका आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ । जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् ।
कर्णालीको दुख सुनाउन नवराज बोहोरा पुगे प्रचण्डकोमा 
कर्णालीको दुख सुनाउन नवराज बोहोरा पुगे प्रचण्डकोमा  अध्यक्ष प्रचण्डले बोहोराको प्रयासलाई सकारात्मक रूपमा स्वागत गर्दै उक्त अभियान माओवादी केन्द्रको मूल विचार र उद्देश्यसँग मेल खाने बताए । उनले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि विभिन्न पहलहरू गरिएको स्मरण गराउँदै त्यसैको निरन्तरता स्वरूप बोहोराको अभियानले थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी उनले भने, ‘जिम्मेवार पदाधिकारीले समस्या समाधान गर्न तर्फ लाग्नु पर्नेमा समस्या बाट भागेर काठमाडौं जानु राम्रो होइन । का.वा. उपकुलपतिको जिम्मेवारीमा हुँदा समेत प्रतिष्ठानका साना साना समस्याहरूबाट भाग्ने व्यक्ति उपकुलपति भइ आउँदा प्रतिष्ठानको दीर्घकालीन विकासका लागि यस्ता पदाधिकारीबाट के अपेक्षा राख्ने भन्दै आन्दोलनरत कर्मचारीहरूले दुखेसो पोखेका छन् । ’
Weather Update