Harsamaya
देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा वर्षा

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुूपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेश प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती भने देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update