Harsamaya
एनपीएल को पहिलो संस्करणबाट क्यानलाई २ करोड बढी मुनाफा

काठमाडौं - नेपाल क्रिकेट संघ क्यानलाई नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ मुनाफा भएको छ ।  नेपाल  क्रिकेट संघले प्रेस विज्ञप्ती जारी गर्दै  उक्त रकम बचत गरेको जनाएको हो ।

एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको जारी विज्ञप्तीमा उल्लेख छ । 

यस्तै  ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाँडिएको छ भने  ७० लाख रुपैयाँ प्रदेशलाई बाँडिएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ ।caan-1753978354.jpg

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update