Harsamaya
पेट्रोलको मूल्य घट्दा डिजेल र मट्टितेलको बढ्यो

काठमाडौं - नेपाल आयल निगमले  पेट्रोलको पदार्थको मूल्य घटाएको छ । तर निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने बढाएको छ । निगमका अनुसार पेट्रोलमा १ रुपैयाँले  घटेर आएको छ भने  डिजेल तथा मट्टितेल २ रुपैयाँ र  आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ । 

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update