सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान
शनिबार, असार ७, २०८२
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
नेपालको संविधान ‘ऊँट’ जस्तै भयो, धेरै त्रुटिहरु छन् : अध्यक्ष लिङ्देन
शनिबार, असार ७, २०८२
उनले भने, ‘अहिलेको संविधान ऊँट जस्तो भयो । त्रुटिहरूको बण्डल छन् । सबै नराम्रो छ भन्न सकिँदैन तर त्रुटिको मात्रा बढी भयो । जसले गर्दा यो संविधानले काम नै गर्न सकेको छैन । पूर्ण रूपमा यो व्यवस्था परिवर्तन नगरीकन अवस्था परिवर्तन हुन सक्दैन । अहिलेको व्यवस्थालाई ठीक भन्नेहरू मान्छे पो...
चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित]
शनिबार, असार ७, २०८२
चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
‘टेक एण्ड पे’ फिर्ताका लागि प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस
शनिबार, असार ७, २०८२
ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का कार्यवाहक अध्यक्ष एवं इप्पान आन्दोलन समितिका संयोजक मोहनकुमार डाँगीले टेक एण्ड पे फिर्ता लिन सरकारलाई दबाब दिन एकैपटक एसएमएस गरिएको जानकारी दिए ।
न्यायका लागि भौतारिरहेका छन् प्रेमकिशोरका परिवार !
शनिबार, असार ७, २०८२
मनिता साहले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, ‘मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने ? सबैले बुझिदिनुपर्छ ।’
भारतीय नागरिक अवैध हतियारसहित काँकरभिट्टाबाट भारतीय पक्राउ
शनिबार, असार ७, २०८२
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लामाको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई राखिएको एक थान एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट तथा दुई थान खुकुरी फेला पारेको प्रहरीले जनाएको छ ।
वडाध्यक्षले बोटबिरुवा काटेपछि विरोधमा अनसन
शनिबार, असार ७, २०८२
दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरू काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
‘माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहन्छ’
शनिबार, असार ७, २०८२
‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाव पूर्ण यात्रा गरेका छौं । कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगले प्रस्तुत हुने तयारीमा लागेका छौं,’उनले भने ।
सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल
शनिबार, असार ७, २०८२
‘जुन उद्देश्यले पार्टी खोलेका थियौँ त्यसमै अडिन भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान संचालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्धक हुँदैन,’उनले भने ।
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
शनिबार, असार ७, २०८२
‘आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौंं’, सांसद कार्कीले भनिन्, ‘हामीले आवाज उठाएका छौं । नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरूका लागि, रसिया गएर मारिएका र काल कुरेर बसेका नेपालीहरूका लागि । यि सबै काम भिजिट भिसाको कमालले हो ।’
इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने
शनिबार, असार ७, २०८२
यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् । इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको...
प्रधानमन्त्रीले भने - नेपालीहरू सबैभन्दा पीडित अनुशासनका कारण
शनिबार, असार ७, २०८२
‘यदि हतियारधारीहरूले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किँदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’उनले भने ।
युवाहरूले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौँ खर्च गर्दैछन् : सुमना श्रेष्ठ
शनिबार, असार ७, २०८२
उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने धारणा थियो ।
साताको लोकप्रिय

