काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा

काठमाडौं - जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई नम्बरमा परेको हो ।
काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यु एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ ।
सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजनी भएपछि काठमाडौंको आकाश प्रदूषित वायुले ढाकिएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय