Harsamaya
हर समय
हर समय
राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि (भिडियोसहित)
राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि (भिडियोसहित) मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् । 
एमआरपीबारे विवाद उत्कर्षमा,  न त व्यवसायीले बुझे न सरकारले सक्यो बुझाउन  !
एमआरपीबारे विवाद उत्कर्षमा,  न त व्यवसायीले बुझे न सरकारले सक्यो बुझाउन  ! व्यवसायीहरूमा एमआरपी सम्बन्धि ऐन, कानुनको अध्ययनमा कमी भएकाले कार्यान्वयनमा कठिन भएको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्य बताउँछन् । उनले अध्ययनको कमीले एमआरपी नयाँ विषय जस्तो भान भएको बताए । 
बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला सङ्ग्रौला
बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला सङ्ग्रौला नेपाल महिला संघकी पूर्व अध्यक्षसमेत रहेकी सङ्ग्रौलाले बहुविवाह लैङ्गिक समानता र मानवअधिकार विपरीत रहेको भन्दै महिलाको स्वाभिमान र आत्मसम्मानमा  चोट पुग्ने र  महिला–पुरुषबिच असमानता र विभाजन बढाउने पनि उल्लेख गरेकी छन् । अहिले आउन लागेको भनिएको प्रस्तावित कानुनले आम महिलाको अपमान गर्ने पनि उनको तर्क छ ।
बन्दिपुर केबलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन
बन्दिपुर केबलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, सजिवन प्रतिकिलो १५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २६० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
जुम्लामा जिप दुर्घटना हुँदा एक जना गम्भीर, अन्य सामान्य घाइते
जुम्लामा जिप दुर्घटना हुँदा एक जना गम्भीर, अन्य सामान्य घाइते सोमबार बिहान  कालिकोटको हिलसाईड होटल नजिक जिप सडक तल खसेपछि एक जना गम्भीर घाइते हुनुका साथै अन्य सामान्य घाइते भएका हुन् ।
एक वर्षसम्म पनि  अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा
एक वर्षसम्म पनि अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा पुल बगाएको एक वर्षमा पनि निर्माण भएको छैन भने  अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
आज संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
आज संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची यस्तै बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको  सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न उच्चको आदेश, रिहा भए प्रसाईँ (भिडियोसहित)
दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न उच्चको आदेश, रिहा भए प्रसाईँ (भिडियोसहित) उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । उच्चले  ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको जनाएको छ ।
तराईमा मनसुन सक्रिय, आज यी प्रदेशमा वर्षा
तराईमा मनसुन सक्रिय, आज यी प्रदेशमा वर्षा कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४१  पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा तोकिएको छ ।
Weather Update