Harsamaya
चीनले भन्यो - नेपालले चाँडै स्थिरता कायम गरोस्
चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङ।

काठमाडौं - चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले नेपाल र चीनलाई एकअर्काका पुरानो साथी र छिमेकीको रूपमा उल्लेख गर्दै नेपालमा चाँडै शान्ति र स्थिरता कायम हुने अपेक्षा व्यक्त गरेकी छन्।

उनले सेप्टेम्बर १०, २०२५ मा दिएको विज्ञप्तिमा भनिन्, ‘चीन र नेपाल एकअर्काका पुराना मित्र र छिमेकी हुन्। नेपालका विभिन्न क्षेत्रमा संलग्न पक्षहरूले आन्तरिक विषयलाई सही ढङ्गले समाधान गर्दै चाँडै देशमा स्थिरता र शान्ति कायम गरोस् भन्ने आशा गर्दछौं।’

चीनले विगतदेखि नै नेपालको राजनीतिक स्थिरता र विकासमा निरन्तर समर्थन जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update