
काठमाडौं - नेपाली सेनाले महाराजगञ्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिसहित सात नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, ब्युनेटलगायत एसेसरिज तथा व्यक्तिगत सामग्रीहरू बरामद गरेको ।
साथै, विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ (एक) नाल हतियार बरामद गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । हालसम्म ७३ नाल हतियार बरामद भएको छ ।
यसैगरी, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकामा हाल स्थिति नियन्त्रणमा आएको छ ।
त्यसैगरी, डिल्लीबजार कारागारमा लागेको आगो नेपालीसेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चार जनालाई पक्राउ गरेको छ ।