Harsamaya
डलर महँगिदै, दिनार अझै उचाइमा – यस्तो छ आजको विदेशी मुद्राको विनियम दर
नेपाल राष्ट्र बैंक।

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरदेखि खाडी मुलुकका मुद्रासम्मको मूल्य उच्च स्तरमा कायम भएको छ।

बैंकका अनुसार अमेरिकी डलरको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा पुगेको छ। युरोपेली युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा तोकिँदा, पाउन्ड स्टर्लिङ १९० रुपैयाँ नाघेर कारोबार भइरहेको छ। 

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ ४० पैसा र बिक्रीदर १९१ रूपैयाँ २२ पैसा, स्विस फ््रयाङ्क एकको खरिददर १७६ रूपैयाँ ३० पैसा र बिक्रीदर १७७ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ११० रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १९ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ४३ पैसा र बिक्रीदर चार रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३३ रूपैयाँ ४८ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १५ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०४ पैसा र बिक्रीदर २२ रूपैयाँ १४ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०६ पैसा र बिक्रीदर १८ रूपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४६२ रूपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रूपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ९२ पैसा रहेको छ ।

विशेषगरी रोजगारीका लागि विदेशिने नेपाली र आयात–निर्यातमा संलग्न व्यापारीका लागि आजको विनिमय दर महत्त्वपूर्ण हुने देखिन्छ। डलर र दिनारलगायत बलियो मुद्राको वृद्धि हुने क्रम जारी रहँदा नेपाली उपभोक्ता र व्यापारीले थप खर्चिलो भुक्तानी गर्नुपर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update