Harsamaya
जुम्लामा कर्फ्यू आदेश जारी
जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी।

काठमाडौं - जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ ।

बुधबार विज्ञप्ति निकाल्दै कार्यलयले जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति कारण थप जनधनको क्षति हुन नदिन आम कफ्र्यू जारी गरेको हो ।

कार्यलयले २०८२-५-२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२-५-२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने समेत बताएको छ ।

संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै
‘जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति भएको छ । यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गर्दछु । प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पतिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासमेत सबै सुरक्षा निकाय परिचालन भएको अबस्था छ । सबै जना शान्त रही आ–आफ्नो घर÷स्थानमा सुरक्षित रहनु हुन अनुरोध गर्दछु ।

मिति २०८२-५-२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२-५-२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ’ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update