Harsamaya
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिरहा - गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास, महोत्तरीसँगको संयुक्त सहकार्यमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०८३ साल कात्तिक ८ गते साँझ करिब ५:३० बजे गोलबजार नगरपालिका–४ स्थित निपनिया चोकको सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको एफजेडएस मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लागू औषधजस्तो देखिने पदार्थ बरामद भएको हो ।

चेकजाँचका क्रममा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजय कुमार यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र एउटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद पदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५८ ग्राम ५२ मिलिग्राम र प्लास्टिक हटाउँदा ५३ ग्राम ३ मिलिग्राम रहेको बताइएको छ ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार सुखीपुर नगरपालिका–१० निवासी २५ वर्षीय अरविन्द कुमार यादवको साथबाट ‘एसी’ लेखिएको कालो रङको डिजिटल तराजु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरू सवार रहेको एमए स्टेट ०१० ०६ प ५१३९ नम्बरको खैरो रङको एफजेडएस मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर बरामद पदार्थ तथा अन्य सामग्रीसहित आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update