Harsamaya
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन
प्रतिकात्मक तस्वीर ।

बैतडी - कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारमा रहेका ६२ कैदीबन्दी मङ्गलबार राति कारागारमा आगजनी र तोडफोड गरेर भागेका थिए । 

भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

मंगलबार दिउँसोदेखि बन्दीगृहमा आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीलाई सुरक्षाकर्मी घण्टौँ प्रयास गर्दा पनि रोक्न असफल भएका थिए । आन्दोलित कैदबन्दी अन्तमा राति ८:३० बजे गेटको ताला फुटालेर भागेका हुन् । 

प्रजिअ पौडेलले भने, ‘कारागारबाट भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरेका छौँ, केही कैदीबन्दी हाम्रो सम्पर्कमा समेत आइसकेका छन् ।’

कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update