Harsamaya
कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा अझै आगो
कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केट ।

काठमाडौं - प्रदर्शनकारीहरुले मंगलबार विभिन्न भौतिक संरचनामा लगाएको आगो बुधबार दिउँसोसम्म बलिरहेको छ । कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा आगो निभ्न सकेको छैन । 

प्रदर्शनकारीले व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरुमा आगो लगाएका थिए । जुन आगो अहिलेसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलले नक्साल भाटभटेनीमा आगो निभाउने प्रयास गरिरहे पनि चावहीलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट र कोटेश्वरको भाटभटेनी सुपरमार्केटबाट भने धुँवाको मुस्लो आइरहेको छ ।

त्यस्तै कतिपय निजी सम्पत्तिमा लगाइएको आगो पनि निभेको छैन । यस्तै, भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनी सुपर मार्केटमा भने तोडफोड गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update