Harsamaya
कैदी भाग्न खोजेपछि मोरङ जिल्ला कारागारमा तनाव, १५ राउण्ड हवाई फायर

विराटनगर - मोरङ जिल्ला कारागारमा कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कारागारमा रहेका कैदी बन्दी छुटाउन एउटा समूह कारागारमा पुगेपछि प्रहरीले हवाई फायर गरेको हो ।

कैदी बन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदी बन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ

हवाई फायरपछि कैदी बन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ । अहिले त्यहाँ सेनाले सुरक्षा दिएको छ । रवि लामिछाने छुटे जस्तै त्यहाँका कैदी बन्दी पनि छुट्नुपर्ने छुटाउन पुगेको समूहको माग छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update